१ श्रावण २०८३, शुक्रबार
बाँकेमा शनिवार थप २ जनामा कोरोना संक्रमित र २ जना निको भए डिष्चार्ज

बाँकेमा शनिवार थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । भने २ जना संक्रमित थपिएका छन् ।
आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेसन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ५० पुगेको छ । अब बाँकेमा २२ जना मात्र आइसोलेसनमा छन् । शनिवार थप भएका २ संक्रमित राप्तीसोनारी गाउँपालिका वडा नम्वर ७ का ३२ र ३४ बर्षका पुरुष हुन् । जिल्लामा ३ सय ७४ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments



