५ असार २०८३, शुक्रबार

भारतबाट फर्किने सबैको पीसीआर जाँच हुने

एसीपी संवाददाता

२८ असार २०७७, आईतवार १५:५६ मा प्रकाशित

भारतबाट फर्किने सबैको पीसीआर जाँच हुने भएको छ । ६ वटा नाकालाई लक्षित गरेर ल्याइएको नयाँ रणनीति अनुसार, नेपालगन्जको जमुनाह नाकाबाट भित्रिने सबैको पीसीआर जाँच हुने भएको हो । अहिलेसम्म भारतबाट फर्किएका व्यक्तिलाई क्वारेन्टिनमा लैजाने, पहिलो आरडीटी गर्ने र आरडीटी रिपोर्ट पोजेटिभ आएपछि मात्रै पीसीआर जाँच गर्ने गरिएको थियो ।

नेपालगन्ज नाकाबाट भित्रिने धेरैजसो कर्णाली प्रदेशका हुने गरेका छन् । नाकाबाट भित्रिने वित्तिकै त्यही पीसीआर गर्ने की क्वारेन्टिनमा लगेर पीसीआर गर्ने वा सम्वन्धीत जिल्लामा पुर्याएर पीसीआर जाँच गर्ने तय भइनसकेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नाकामा दुई हजारलाई पीसीआर जाँच गर्न पत्र आएको छ ।

तर, सामाग्री भने आइ नसकेको उहाँले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x