मुसलमानहरूमाथि गरेको अत्याचार बिरुद्ध चिनियाँ अधिकारी माथि प्रतिबन्ध,चिनियाँ सरकारले पनि अमेरिकी व्यक्ति र संस्थामाथी लगायो प्रतिबन्ध

चिनियाँ विदेश मन्त्रालयले सोमबार भनेको छ कि चिनियाँ सरकारले शिनजियांगसँग सम्बन्धित विषयमा दुब््र्यवहार गर्ने अमेरिकी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ । यस निर्णयको परिणाम स्वरूप चीनले अमेरिकी सीनेटर मार्को रुबियो, टेड क्रुज, क्रिस स्मिथ र साम ब्राउनबकमाथि प्रतिबन्ध लगाएको छ । ब्राउनबक ट्रम्प प्रशासनमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता समितिको राजदूत हुनुहुन्छ । यसको साथै अमेरिकी संसदीय कार्यकारी समितिले पनि चीनका लागि प्रतिबन्ध लगाएको छ । चिनबाट ग्लोबलटाइम्स न्यूजले यो समाचार प्रकाशित गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चान्पिंगले भने कि यी प्रतिबन्धहरू सोमबारबाट मात्र लागू हुनेछन् । हुआले यो पनि भन्यो, “अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको दावी गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको उल्लंघन गरेको छ र चीन (अमेरिका सम्बन्धलाई गम्भीर क्षति पु¥याएको बताईएको छ । चीनले यी कदमहरुको कडा विरोध गर्दछ र यी कदमहरुको कडा निन्दा गर्दछ ।
यसै बीच केहि दिन आगाडी मात्र
अमेरिकाले चीनको बिरूद्धमा ठूलो कार्यबाही गर्दै चीनले युगुर मुसलमानको मानवअधिकार उल्ल्घंनका लागि अमेरिकाले शीर्ष चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाएको थियो । चिनियाँ राष्ट्रपति शी जिनपिंग अमेरिका र चीन बीच तनाव जारी भएको छ । चीनले युगुर मुसलमानहरूमाथिको अत्याचारमाथि कडा अडान लिदै संयुक्त राज्यले शीर्ष चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको यो कदम पछि, चीनले अमेरिकाको बिरूद्ध आपसी कदम चाल्ने भन्दै मंगलबार चिनले पनि प्रतिबन्धको घोषणा गरेको छ । युगुर मुस्लिम अल्पसंख्यकको बिरूद्ध मानव अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकाले वरिष्ठ चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाएको थियो । समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको छ । चीनले नयाँ अमेरिकी प्रतिबन्धहरूलाई पारस्परिक सम्बन्धका लागि हानिकारक भन्दै आएको थियो ।


