१५ आश्विन २०८३, बिहीबार
अधिकृत, ९६ हजार ३ सय घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसंन्धान आयोग कार्यालय बुटवलले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत एक जना अधिकृतलाई ९६ हजार ३ सय घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले घटनास्थलको बरामदी मुचुल्का गरि आवश्यक अनुसंन्धानको लागि संबन्धित निकायमा बुझाउने बताएको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेलेका अनुसार सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने बहानामा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौ तहका अधिकृत हुकुम बहादुर ओलीले घुस मागेका थिए । उनलाई अहिले नियन्त्रणमा लिएको हो ।
Subscribe
Login
0 Comments


