५ असार २०८३, शुक्रबार

बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न संविधानसभा सदस्य बाढी स्थलमा

एसीपी संवाददाता

१ श्रावण २०७७, बिहीबार १५:१३ मा प्रकाशित

सदस्य संजय कुशवाहा / नवलपरासी ,३१ असार बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न नवलपरासीको संविधान सभा सदस्यहरू बाढी स्थलमा पुगेका हुन। बर्षाकाे कारण जलमग्न भएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ खडाैना ,मधवलिया, नाैडिहवा र वडा न ७ भुजहवा सहित आसपासको क्षेत्र संविधान सभा सदस्य बिक्रम खनाल तथा सन्तु कलवार र निर्वाचन क्षेत्र नं. १ नेपाली काङ्ग्रेस सभापति मुकुल अाचार्य सहितको टाेलि बाढी अवलोकन गरेका हुन ।

बर्षाका कारण साे क्षेत्र डुबान हुँदा स्थानीयकाे दैनिकी समेत प्रभावित बनेको थाहा पाउन साथ साे स्थानमा पुगेर जनताकाे समस्या बुझ्दै पहलकाे लागि प्रक्रिया अगाडि बढाउनकाे लागि स्थलगत अवलोकन गरेको संविधान सभा सदस्य बिक्रम खनालले जानकारी दिनुभएको हाे ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि संविधान सभा सदस्य सन्तु कलवारले ग्रामीण भेगमा अहिलेसम्म पनि अावतजावतमा कठिनाई भएकाे् भन्दै चिन्ता व्यक्त गरे। संविधान सभा सदस्य बिक्रम खनालले झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले र हरेक बर्ष गाउँमा पानी पस्दा डुबानमा परेकोले बाढीबाट हुने क्षति न्युनिकरणका लागि पटकपटक आवाज उठाए पनि सरकारले वेवास्ता गर्दै आएको बताउदै डुवान हुनबाटै रोकथाम कसरी गर्न सकिन्छ भन्नेबारे केन्द्रसम्म पहलका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको हाे।

साथै बिस्थापित १५ घर परिवार अन्य ठाउँमा बस्दै अाएकाेले तत्कालकाे लागि राहत वडा नं. ६ नेपाली काङ्ग्रेस सभापति युनिस चुरिहार र वडा अध्यक्ष उम्मेदवार छाेटेलाल गुप्ता मार्फत ४ कुन्टल ७५ किलाे चामल उपलब्ध गराई वहाँहरु मार्फत बितरण गरिने जानकारी दिनुभएको हाे । साथै झरही खाेला,धनेवा खाेला माटाेले पुरिएको र साइफाेन सफा नभएको तथा चेकवाल समेत नरहेकोले सरकारले तत्काल खाेला सफाइ गर्न जरुरी रहेकाे कुरा जानकारी गराउदै जनताकाे सुखदुःखमा हमेसा साथ रहने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x