५ असार २०८३, शुक्रबार

कोरोना सम्बन्धी सावधानी अपनाउन जनचेतना मूलक रैली कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२ श्रावण २०७७, शुक्रबार ०५:५७ मा प्रकाशित

प्रतिमा विश्वकर्मा , साउन २ , कृष्णनगर कपिलबस्तु को कृष्णनगर नगरपालिका वार्ड नं .६ भिल्मीमा कोरोना सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। भिल्मी प्रहरी चौकी को आयोजनमा उक्त जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकारले जारी गरेको लकड़ाऊन (बन्दा बन्दी) लाई प्रभावकारी रूपले कार्यावयन गर्न का लागि जिल्ला प्रहरी प्रमुख को प्रत्यक्ष निर्देशन अनुसार मिति २०७७ असाढ़ ३१ गते बिहान ८ बजे अनिवार्य रूपमा सम्पूर्ण प्रहरी चौकी यूनिटहरुले सन्देश मूलक सन्देशहरुको लिखिएको प्लेकार्ड सहित कार्यलय प्रमुख को नेतृत्वमा कोरोना सम्बन्धी जनचेतना मूलक तथा कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य सावधनी अपनउन निर्देशन अनुसार उक्त कार्यक्रम गरिएको भिल्मी प्रहरी चौकी का इंचार्ज कमल बहादुर बगाले ले जानकारी गराउनु भयो ।

आषाढ़ ३१ गते बर्षाको कारण सो कार्यक्रम स्थगित गरिएकोले उक्त कार्यक्रम आज साउन २ गते गरको बगाले ले बताए। उक्त रैली कार्यक्रममा “बहिरा निस्कदा अनिवार्य रूपम माक्स को प्रयोग गरौ”, “साबुन पानी पटक पटक हात धोने गरौ तथा सैनीटाइजरको प्रयोग गरौ”,”दुइ मीटर को सामाजिक दूरी को कायम गरौ,”ट्रैफिक नियामकों पालन गरौ”, “सामाजिक सदभाव कायम गरौ लगायत नारा” सहितको प्लेकार्ड सहित भिल्मी गाउ परिक्रमा गारी भिल्मी चौकमा कोण सभा सम्पन्न गरिएको छ। कार्यक्रममा माक्स लगाई सामाजिक दूरी कायम गरी उक्त कार्यक्रम गरीएको छ l

उक्त कार्यक्रम भिल्मी प्रहरी तथा सशस्त्र प्रहरी, बुद्धजीवि, समाजसेवी, शिक्षक, विधार्थी, पत्रकार, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको भने कुरा भिल्मी प्रहरी चौकी का हवलदार गौतम यादवले जानकारी गराउए l

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x