पाकिस्तानमा रहेका हिन्दु अल्पसंख्यक समाजको सुरक्षा ग्यारेन्टी गर्न प्रधानमन्त्री ओलि संग माग

पाकिस्तान सरकार र नेपाल सरकार बिच राम्रो सम्बन्ध रहेको हुँदा प्रधानमन्त्री केपि ओलिले तत्काल पाकिस्तानि प्रधानमन्त्री संग कुरा गरि हिन्दु , शिख , बौद्ध लगायत अल्पसंख्यक समाजको सुरक्षाको ग्यारेन्टी गर्न माग
सुरेश राज पाण्डे – साउन २ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा शुक्रबार नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कपिलवस्तुको आयोजना गरिएको बिरोध कार्यक्रम सप्पन्न भएको छ। जिल्ला अध्यक्ष उदयभान यादव को सभापतित्वमा आयोजित उक्त बिरोध कार्यक्रममा जिल्ला सदस्य मनोज पाण्डे, राहुल चौधरी , बिजय यादव , राजकुमार यादव , नितिश श्रीवास्तव ,गणेश श्रीवास्तव , लगायत सयौं युवा कार्यकर्ताहरुको बृहत उपस्थित रहेको थियोे।उक्त कार्यक्रममा युवाहरु द्वारा रामाघाट मठको बगैंचामा जम्मा भै नाराबाजी सहित बाइक रैली निकाली तौलिहवामा कोड सभा गरि कार्यक्रम सम्मपन भएको हो ।

उक्त बिरोध कार्यक्रममा मन्तव्य राख्दै महसंघका जिल्ला अध्यक्ष यादवले पाकिस्तानमा भएको हिन्दु समुदायको आस्था माथिको लक्षित एवम् साङ्घातिक आक्रमण बनिन्दनीय रहेको र विश्वका पुरै हिन्दु समुदायले अवाज उठाइ उक्त आक्रमणको कडा बिरोध गर्नुपर्ने बताएका थिए ।
हाल पाकिस्तान सरकार र नेपाल सरकार बिच राम्रो सम्बन्ध रहेको हुँदा प्रधानमन्त्री केपि ओलिले तत्काल पाकिस्तानि प्रधानमन्त्री संग कुरा गरि हिन्दु , शिख , बौद्ध लगायत अल्पसंख्यक समाजको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलि ले इमरान खान संग यस विषयमा कुरा गरि त्यहाँका अल्पसंख्यकका साथ दिइ मानवताको परिचय दिनु हुन अनुरोध गर्दै अध्यक्ष यादवले आफ्नो मन्तव्य को अनत्य गरेका थिए ।
जिल्ला सदस्य मनोज पाण्डेले नेपाल र नेपाली को साख जोगाउन नेपाल लाई हिन्दु राष्ट्र घोषणा गर्नका निमित्त राष्ट्रवयापी बृहत आन्दोलन गर्नुको विकल्प नरहेको बताएका थिए भने सम्पुर्ण हिन्दु समाजलाइ हिन्दु रास्ट्रको मुद्दामा एक मत भै लाग्न अनुरोध गरेका थिए ।
उक्त बिरोध कार्यक्रममा सहभागी आक्रोशित युवाहरूको समुहले प्ले कार्ड सहित पाकिस्तानका प्रधानमन्त्री इमरान खान को फोटो जलाइ चर्को नाराबाजी गरेका थिए।



