५ असार २०८३, शुक्रबार

जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा रक्तदान

एसीपी संवाददाता

३ श्रावण २०७७, शनिबार ०७:५४ मा प्रकाशित

शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको हो । प्रहरीको लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगंजमा गरिएको रक्तदान कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रहरी हरदम जनताको सुरक्षा र सेवामै तल्लिन रहेको बताउनु भयो । उनले प्रहरी जनताको सेवक भएका कारण दुर्घटना, सुत्केरी तथा अन्य कारणबाट हुने बिरामीहरुको जीवन बचाउने उद्देश्यले कोरोना कहरबीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान कार्यक्रम गरेको स्पष्ट पारे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x