११ मंसिर २०८३, बिहीबार
प्रेस युनियन, बाँकेका सदस्यहरुद्धारा विशेष भेला सहितको साधारणसभाको माग

नेपालगञ्ज – नेपाल प्रेस युनियन बाँकेले अषाढ ३१ गते सल्लाहकार चेतकान्त भट्टराईलाई गरेको कारबाही फिर्ता लिएको बुझिएको छ । यसैबीच नेपाल प्रेस युनियन, बाँकेका सदस्यहरुले विशेष भेला सहितको साधारणसभाको माग गरेका छन् । युनियन, बाँकेका सल्लाहकार चेतकान्त भट्टराईलाई कारबाही गरेको विरोधमा युनियनसम्बद्ध ८१ जनाले हस्ताक्षर गरेर विशेष भेला सहित साधारण सभाको माग गरेका हुन् । असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष अर्जुन वलीले बुझ्न नमानेपछि केन्द्र र जिल्लामा समेत इमेलमार्फत विशेष भेलाको माग पत्र पठाएका छन् । जिल्लामै रहेकाले उपमहासचिव प्रेम केसीलाई भेटेर विशेष भेलाको मागपत्र बुझाइएको छ । युनियनको विधानमा २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर माग गरेमा विशेष भेला बोलाउन सकिने व्यवस्था रहेको छ । प्रेस युनियन, बाँकेमा करिव दुई सय ७ जना सदस्य छन् ।
Subscribe
Login
0 Comments


