५ असार २०८३, शुक्रबार

चर्चित गायिका आलेको स्वरमा हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर बोलको तिज गीत निर्माण

एसीपी संवाददाता

६ श्रावण २०७७, मंगलवार ०५:३७ मा प्रकाशित

चर्चित गायिका प्रीति आलेको स्वरमा रहेको हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर बोलको तिज गीत निर्माण भएको छ । यो गीत आउदो श्रावण १६ गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक राजबहादुर सानेको शब्द सङ्गीत र लयमा कृष्ण परियारको निर्देशन र बाबू जिम्बाको कोरियोग्राफर रहेको यश तिज गीतमा गायिका प्रीति आले नायिकाहरु रिया श्रेष्ठ,कशिस दाहाल,बिमला गुरुङ्ग,सबिता आले ;शिशिर राना,ज्याक श्रेष्ठ,दिपक जङ्ग शाहिको अभिनय रहेको छ । गीतको निर्माण तारा थापाको किभ्भे प्रोड्क्सनले गरेको हो । महिलाहरूको महान चाड तिजको नाममा कहिले बिचमा,कहिले छेउमा,कहिले छतमा, कहिले बारीको पाटामा, कहिले कुना कुनामा भन्दै पुरुषहरुले बिकृती र बिसङ्गती फैलाएको देखिन्छ ।

तीजको नाममा बिकृती पनि मौलाएको छ। यस्तै बिकृतीहरुलाई झापड दिदै हामी नाच्ने गाउने हो डिस्टर्ब नगर बोलको गीत बजारमा आउने निर्माण पक्षले जानकारी दिएको छ । निर्माण पक्षका अनुसार पर्यटन नगरी साली नदिमा छायांकन गरिएको यो पहिलो तिज गित हो ।गीतले दर्शकलाई भरिपूर्ण मनोरञ्जन र सकारात्मकमा सन्देश दिन खोजेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x