१२ मंसिर २०८३, शुक्रबार

भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण

एसीपी संवाददाता

२ मंसिर २०७९, शुक्रबार १३:३६ मा प्रकाशित

काठमाडौं । भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । हैदरावादको एक निजी स्टार्टअप कम्पनी स्काईरुटले बनाएको उक्त रकेट आज श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।

यससँगै भारतको अन्तरीक्ष प्राविधिमा निजी रकेट कम्पनी प्रवेशको सुरुवात भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  निजी कम्पनीहरुले पनि आफ्नो रकेट लन्च गर्ने देशहरुको सूचीमा भारत पनि समावेश हुनुलाई एक ठूलो उपलब्धि मानिएको छ ।  उक्त रकेटको नाम भारतको अन्तरीक्ष अनुसन्धान संगठन इसरोका संस्थापक डा. विक्रम साराभाइको नामबाट राखिएको हो ।       विक्रम सिरिजमा तीन प्रकारका रकेट लन्च गरिने छ, जसलाई साना आकारका स्याटेलाइट अन्तरीक्षमा लैजानका लागि उपयोग गरिने छ ।    विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।  विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x