५ असार २०८३, शुक्रबार

नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको प्रचण्डले दिएको अभिव्यक्तिमा सत्य-गुरूङ

एसीपी संवाददाता

११ श्रावण २०७७, आईतवार ०४:४५ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको सम्बन्धमा प्रचण्डले दिएको अभिव्यक्तिमा सत्यता भएको बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले नेकपा एमालेकै नाममा आयोगमा दल दर्ता भएको बिषयले प्रश्नहरु खडा भएको पनि बताउनुभयो । उहाले उक्त बिषयमा पार्टीभित्र अनुसन्धान हुनुपर्ने धारणा पनि राख्नुभयो । गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकत्ता रहेको भन्दै सरकारको कामकारबाहीमा कमिकमजोरी भए सुधार गरेर लैजानुपर्ने तर्क गर्नुभयो । मुलुकमा कोरोना महामारी, बाढि÷पहिरो र डुबानलगायतका विपत्ति विद्यमान रहेकोले सबै एकजुट भएर लाग्नुपर्ने उहाको भनाई छ । अन्तर्राष्ट्रिय शक्तिले नेपाललाई अस्थिर बनाउने र अराजकता पैदा गराउन खोजिरहेको उहाको आरोप छ ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने बताउनुभयो । सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उहाको भनाई छ ।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिनुभयो ।
कोरोनाले भन्दा बढि मानिस बाढि÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गर्दै विपद्मा सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x