जनमत पार्टी बाँकेको स्थापना दिवसमा प्रशिक्षण कार्यक्रम

जनमत पार्टी कार्यालय एक वर्ष स्थापना गरेको अवसरमा अन्तरक्रिया एंव प्रशिक्षण कार्यक्रम गरेको छ। आजको कार्यक्रम जनमत पार्टीका जिल्ला अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा गरिएको हो, प्रमुख अतिथि जनमतका केन्द्रीय नेता इरफान अहमद शेषको विशेष उपस्थितिमा गरिएको हो ।

कार्यक्रममा अतिथिहरु हरपाल सिंह, नेता मोहम्मद हुशेन शाह, जिल्ला सदस्य जाबिर हल्वाई, उपाध्यक्ष दिपक पासी, डुडुवा गाउपालिका अध्यक्ष एंव जिल्ला सदस्य शेष अब्दुल वाहिद शेष, गाउपालिका सदस्य फारूक शेष, जमाल खान, जिल्ला सदस्य कलामुद्दीन शेष, गाउँपालिका सदस्य शान्ति गोडिया, प्रदिप गडाडिया, सुनिल वर्मा, एंव अन्य नेताहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो, जनमत पार्टीलाई अबको आउने दिनको बिकल्पको रूपमा बनाउने उद्देश्यका साथ जनताको बीचमा जाने सम्पूर्ण वक्ताहरुको मन्तब्यबाट आएको छ।

प्रशिक्षणका क्रममा जिल्ला सचिव राजित राम वर्माले स्वागत मन्तव्य देखि सुरु गर्दै विभिन्न लिडरहरुले प्रशिक्षण गराएका थिए। प्रमुख प्रशिक्षक एंव वक्ताका रूपमा नेता शेषले गराएका छन, नेता शेषले प्रशिक्षण दिने क्रममा अबको दिनमा मधेश भर लगायत बाँकेमा पनि संगठन निर्माण वार्ड वार्डको मूल समिति बनाउने र नेतृत्व दिने उद्देश्यका साथ संगठन विस्तार गरिने जनाएका छन,

नागरिकता कानुन एंव किसानको समस्यालाई लिएर विरोध कार्यक्रमको बारेमा समेत जानकारी दिएका छन, अबको दिनमा अन्दोलनका कार्यक्रममा विभेदकारी नागरिकता कानुन एंव किसान संग गरिको विभेदलाई लिएर अन्दोलनका कार्यक्रम समेत ल्याउने जानकारी दिदैं कार्यकर्तालाई संगठन निर्माण संगै अन्दोलनको लागि तयार रहन समेत भनेका छन।

हामी आउने दिनमा तयारीका साथ अन्दोलन र संगठन निर्माण कार्यलाई अगाडी बढाउने समेत जनाएका छन।



