१२ असार २०८३, शुक्रबार

अध्यक्ष दाहाल र नेपाल समूहका स्थायी कमिटी सदस्यहरु रणनीति बनाउन जुटे

एसीपी संवाददाता

१२ श्रावण २०७७, सोमबार ०८:४७ मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु स्थायी कमिटी बैठकको रणनीति बनाउन जुटेका छन् ।

भोलि बस्ने बैठकअघि दाहाल पक्षका नेताहरु आफ्नो रणनीति बनाउन छलफलमा जुटेका हुन् । गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

स्थायी कमिटी बैठक चलिरहेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र पछिल्लो समय विवाद बढेको हो ।

दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिँदै आएका छन् । ओलीले भने अहिले कुनै पनि हालतमा पार्टी र सरकार दुवै नछाड्ने अडान कायमै राख्दै आउनुभएको छ ।

उक्त विवाद समाधानका लागि अध्यक्षद्वयले पटक पटक छलफल गरेपनि सहमति भएको छैन । नेताहरुले सार्वजनिक मञ्चबाटै एक अर्काविरुद्ध अभिव्यक्ति दिएपछि विवाद झन् बढ्दै गएको छ । सभार – इमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x