११ असार २०८३, बिहीबार

साँस्कृतिक प्रतिष्ठानद्वारा मनाइयो ५२३ औं तुलसी जयन्ती

एसीपी संवाददाता

१२ श्रावण २०७७, सोमबार १५:०९ मा प्रकाशित

नन्दलाल साहू/नेपालगन्ज नेपालगन्जमा ५२३ औं तुलसी जयन्ती”अवधी दिवस”अवधी महोत्सव २०७७ कार्यक्रमको आयोजना गरेर अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जले सोमबार मनाएको छ ।

नेपालगन्जको महेन्द्र पुस्तालयमा सम्पन्न ५२३ औं तुलसी जयन्तीको मुख्य अतिथिमा पशुपति दयाल मिश्र, बिशिष्ट अतिथिद्वय सनत रेग्मी र हरि तिमिल्सिना रहेको थिए भने सच्चिदानन्द चौबे, विश्वजीत तिवारी, मो. हारुन, शकील अहमद कादरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बिष्णुलाल कुमालद्वारा तुलसी जयन्ती”अवधी दिवस”अवधी महोत्सव २०७७ को महत्व बारे जानकारी गराईएको थियो भने विभिन्न अतिथिले आफ्नो समसामयिक रचना वाचन गरेका थिए।

यसैगरी कार्यक्रममा अवधी पत्रकार संघ नेपालगन्जका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी,पंकज श्रेष्ठ,लायन्स क्लबका अध्यक्ष घनश्याम गुप्ता,वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता गुलजार-ए-अदब का मुस्तफा अहसन कुरैशी,अल्पना वैश्य,चंदा सिह,काजल शर्मा,बिजयलक्ष्मी वंशकार,मोहित प्रजापति र आशिष प्रजापति लगायतको उपस्थिति रहेको कार्यक्रमलाई संचालन जहीरुल हक (जीनू )ले गरेका थिए भने करीब ४० बढीको सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x