विश्व बाघ दिवस, बुधबार नेपालमा पनि बिभिन्न कार्यक्रम

विश्व बाघ दिवस, बुधबार नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाइएको हो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बाघको सुरक्षित वासस्थानलाई बिशेष ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । मन्त्री बस्नेतले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता नेपालले गरेपनि बाघको संख्या सोचेजस्तो लक्ष्य हासिल नहुने हो कि भन्ने आशंका गर्नुभयो । उहाले बाघको उचित व्यवस्थापनमा ध्यान दिन नसके लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो



