१२ मंसिर २०८३, शुक्रबार

युक्रेनमा जारी रहेको रूसी आक्रमणबाट अहिलेसम्म १३ हजार सैनिककाे मृत्यु

एसीपी संवाददाता

१६ मंसिर २०७९, शुक्रबार १३:५५ मा प्रकाशित

एजेन्सी –  युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ ।

युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ हजारसम्मको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

युद्धमा अंगभंग भएका र घाइते भएका सैनिकहरुको संख्या समेत जोड्दा १ लाख पुग्ने उनको भनाइ छ । गत जुन महिनामा दैनिक २ सयदेखि ३ सय युक्रेनी सैनिक मृत्यु भएको उनको दावी थियो । युक्रेनको सेनाले भने यो तथ्यांक पुष्टी गरेको छैन । रुस र युक्रेन युद्धका क्रममा हालसम्म ३ हजार ६ सय सर्वसाधारणकाे मृत्यु भएकाे जनाइएकाे छ ।

रूस तर्फ ९ हजार ३ सय ११ सैनिककाे मृत्यु भएकाे मस्कोले दावी गरेकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x