१२ असार २०८३, शुक्रबार

भ्रष्टाचार बिरुद्ध रिले अनसन तथा जागरण कार्यक्रम

एसीपी संवाददाता

१५ श्रावण २०७७, बिहीबार ०२:५७ मा प्रकाशित

कपिलवस्तु – जिल्ला कपिलवस्तु यशोधरा गाउपलिका वडा नं. ७ मर्यादपुर का सर्वसाधारण जनता तथा समाजसेवीहरु मिलेर पालिकामा भ्रष्टाचार बिरुद्ध रिले अनसन तथा जागरण कार्यक्रम साउन १३ गते देखि साउन १६ गते सम्म गर्ने निर्णय गरि अनसन बसेका छन । स्थानीय सरकार जवाफदेही र पारदर्शी नभएको पालिका बासिहरुको गुनासो रहेको छ । पालिकाको सरकारी गाडी /सवारी साधनको दुरुपयोग भएको हरेक योजना तथा कार्यक्रममा कमिसनको चलखेल रहेको र कर्मचारी भर्ना प्रक्रिया समेत नमिलेको पालिका बासीहरु तथा समाज सेवीहरुले बताएका छन ।

साथै कोरोना मा लागत बजेट सर्बजनिक नगरेको र सुचना माग्दा सुचना नपाएको पनि पालिका बासीहरुले बताएका छन् । सुचना हकसम्बन्धी ऐन २०६४ दफा ३ बमोजिम हरेक नेपाली नागरिकले कुनै पनि विकास योजना को सुचना पाउने अधिकार भए पनि समयमा सुचना नदिनु स्थानीय सरकार को अराजकता हो भन्ने कुरा मनिष देव मिश्र ले बताएका छन । स्थानीय सरकार को अजवाफ देहीता तथा अपारदर्शीता प्रति खबरदारी समेत स्थानीय बासीहरुले अनसन मार्फत गरेका छन । साथै स्थानीय सरकारको नियम विपरीत गर्दै अएको जनप्रतिनिधिहरुको मनोमानी रोक्न अनसन द्धारा पालिकालाई सावधान गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x