१२ असार २०८३, शुक्रबार

गुरुयोजनाले पशुपति क्षेत्रको प्राचिनता र मौलिकता नष्ट गर्ने भन्दै स्थानीयबासीको विरोध

एसीपी संवाददाता

१७ श्रावण २०७७, शनिबार ०४:२३ मा प्रकाशित

सरकारले अघि सारेको गुरुयोजनाले पशुपति क्षेत्रको प्राचिनता र मौलिकता नष्ट गर्ने भन्दै स्थानीयबासीहरुले विरोध गरेका छन् । काठमाडौं महानगरपालीका वडा नंवर ८ मा रहेको पशुपति क्षेत्रमा रहेका स्थानीयहरुले पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै बनाएर गुरुयोजनाको विरोध गरेका हुन् । समितिले शुक्रबार पशुपति क्षेत्रमा पत्रकार सम्मेल गर्दै गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउन नभइ वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप लगाएको छ । गुरु योजनमा मन्दिरलाई दुई तहमा राख्ने, पश्चिमी गेट नभत्काइ पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थयात्रुहरुकोलागि दर्शनपथलाई स्तरोन्नती गर्ने लगायतका प्रस्ताव रहेका छन् । तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा सोहि क्षेत्रमा बस्नुहुने प्रदेश नं. ३ का सांसद नरोत्तम बैद्यले धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताउनुभयो । पशुपतिनाथलाई बचाउने हो भने स्थानीय बासिन्दाले भनेजस्तो गरि छलफल गरि अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले सरकार नै गुठि नास गर्न लागिपरेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा सांसद गगन थापाले स्थानीयलाई पशुपति क्षेत्रबाट हटाए त्यहाको सस्कृति मासिने तर्क गर्नुभयो । उहाले जात्रा, पर्व, सस्कृति मासिए खरबौं रुपैया खर्च गरेपनि फिर्ता नहुने तर्क गर्नुभयो । थापाले काठमाडौंको बिकासको अवधारणा नै गलत गरेको तर्क गर्नुभयो ।
गुरु योजनामा पशुपति क्षेत्र वरिपरिको सबै सम्पदा, बस्तीभित्र रहेका शिवलिंगहरुको दर्शन तथा अवलोकन गर्ने गरी बाटो सहित परिक्रमा पथ बनाउने, अर्को ब्रम्हनाल थप्ने, भएको ब्रह्मनाल नहटाउने, पशुपति वरिपरिको बस्तीलाई लिच्छिवीकालीन बस्तीको रुपमा विकसित गर्ने, तीर्थयात्रुहरुकोलागि निशुल्क भोजन वितरण कक्ष बनाउने, पशुपति क्षेत्रलाई पशुपति अध्ययन केन्द्र बनाउने, पशुपति क्षेत्रका भण्डारखाल जंगलमा ध्यान केन्द्र बनाउने लगायतका प्रस्ताव राखिएका छन् ।
गुरुयोजना पशुपति क्षेत्र विकास कोषले तयार पारी कोष सञ्चालक परिषद्ले पारित गरिसकेको छ । कोषले भने अध्ययन तथा छलफल गरेर मात्र आफूले गुरुयोजना नै तयार पारेको दाबी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x