राजमार्ग देखि ५० मिटर पुर्ब,पश्चिम क्षेत्रमा अबैधानिक कार्य बिरुद्ध प्रहरीको कडाई

भन्सार छली भारतबाट अवैधरुपमा भित्र्याइएको कपडा बाँके प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँबाट अवैध कपडा बरामद गरेको हो । गस्तीमा रहेको जमुनहा प्रहरीको टोलीले शुक्रवार राती करीव १ः३० बजे अवैध कपडा बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनले पाँच सय थान कुर्ता, एक सय थान टी–शर्ट र दुई सय थान कुर्ता–सुरुवाल बरामद भएको बताए । प्रहरीलाई देखेपछि ओसारपसारमा संलग्न ब्यक्ति फरार भएको बताउँदै उनले बरामद भएको कपडा नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनु भयो । ईलाका प्रहरी कार्यालय जमुनहाको मुख्य राजमार्ग देखि ५० मिटर पुर्ब पश्चिम क्षेत्र रहेको आफ्नो क्षेत्रमा कुनै प्रकारको अबैधानिक कार्य बिरुद्ध प्रहरी कडाई साथ निगरानी गरेको इप्रका जमुनहाका ईन्चार्ज बिष्णु गिरीले बताउनु भयो ।



