नेपालगन्ज उपमहानगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज उपमहानगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगन्जमा सोमबार दिउँसो गरिएको परिक्षणमा उपमहानगरपालिकाका ६ सहित बाँकेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।फोकल पर्सन श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर १८ का वडा सचिब, वडा नम्बर २० का कम्प्युटर अप्रेटर, उपमहानगरपालिकामा कार्यरत आइटी अधिकृत, उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख, अधिकृत र वडा नम्बर १४ का वडा सचिबमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, नेपालगन्ज ७ का ४८ बर्षिय जग्गा व्यवसायी, निर्धन उत्थान बैंकिङ्ग संस्थामा कार्यरत नेपालगन्ज १० का ३० बर्षिया महिला र नेपालगन्ज ४ का ३५ बर्षिय मार्वल टायल व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यसअघि नेपालगन्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष र उपमहानगरपालिकाका एक शाखा अधिकृतलाई आज बिहान कोरोना संक्रमण पुष्टि भइ सकेको छ । भेरी अस्पतालका अनुसार, बाँकेका ९ सहित सल्यानका थप २ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो परिक्षण गरिएको १ सय स्वाब मध्ये सल्यान त्रिवेणी १ का २१ बर्षिय पुरुष र बाघचौर १ का ३८ बर्षिय पुरुष गरी २ जना र बाँकेका ९ गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।भेरी अस्पताल नेपालगञ्जले पछिल्लो पटक सय जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।



