५ बैशाख २०८३, शनिबार

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन

एसीपी संवाददाता

८ पुष २०७९, शुक्रबार १०:४३ मा प्रकाशित

अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ ।

प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् । गत मंगलबार तालिवान सरकारले महिलाहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएपछि बुधबारदेखि विश्वविद्यालयका सुरक्षा गार्डहरूले पढ्न गएका महिलाहरूलाई कलेज प्रवेशमा रोक लगाएर फिर्ता पठाइरहेका छन् । बिहिबार राजधानी काबुलमा हिजाब लगाएका एक दर्जन महिलाहरू प्रतिबन्ध विरूद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिएकाका ५ जना महिलालाई पक्राउ गरिएको हो । इमेजखबरले अनलाइनमा प्रकाशित गरेको छ ।

तालिवानका महिला प्रहरीहरुले आफूहरूलाई कुटपिट गरेको पनि प्रदर्शनमा सहभागीहरुले बताएका छन्। प्रदर्शनमा महिलाहरूलाई केही पुरूषहरूले पनि साथ दिएको जनाइएकाे छ। विश्वविद्यालयका करिब ५० जना प्राध्यापकहरूले प्रतिबन्धको विरोध गर्दै राजीनामा समेत दिएका छन् । पुरूष विद्यार्थीहरुले परीक्षा बहिष्कारको घोषणा समेत गरेका छन् ।

तालिवानले यसअघि विद्यालयहरूमा पनि छात्र र छात्राहरूलाई छुट्टाछुट्टै स्थानमा राखेर पढाउने कानून लागू गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x