१६ आश्विन २०८३, शुक्रबार

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना महामारीकाबीच पार्टीको आशन्न महाधिवेशनको तयारी तिव्र

एसीपी संवाददाता

२२ श्रावण २०७७, बिहीबार ०९:४३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारीकाबीच पनि पार्टीको आशन्न महाधिवेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीले आशन्न महाधिवेशन, कोरोना महामारीले पु¥याउने असरका छलफल गर्दै महाधिबेशनको तयारीलाई तिव्र पार्ने निर्णय गरेको हो । बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको थियो । आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३ औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४ औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता कार्यकर्ताहरुको समायोजनलगायत विषयमा छलफल भएको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले कोरोना महामारीकाबीच सरकारले यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको निष्कर्ष पनि निकालेको छ भने पिसिआर परिक्षण बढाउनुपर्नेमाग सहित अनसनमा बसेकाहरुको माग पुरा गर्नुपर्नेमा पनि कांग्रेसको जोड रहेको प्रवक्ता शर्माले बताउनुभयो । बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले गठन गरेको बिभाग खारेज हुनुपर्ने अडान राख्नुभएको थियो । उहाँले जिल्लामा समायोजन सकिएकालाई फोरम दिनुपर्ने, पार्टी प्रवेशका लागि वडाबाटै सदस्यता दिनुपर्ने, भातृसंगठनको म्याद थपलाई पुर्नबिचार गर्नुपर्ने माग रहेको जानकारी दिनुभयो । बैठकमा सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगाएतका नेताहरु सहभागी थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x