१६ आश्विन २०८३, शुक्रबार
प्रहरीद्वारा ६ लाख मुल्य बराबरको सुर्ती बरामद

संजय कुशवाहा / नवलपरासी साउन २२ पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट ६ लाख मूल्य बराबरको अबैध सुर्ती प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.५ चमनटोलमा भारतबाट अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखेको ६० बोरा प्रति बोरामा २५ किलो को दरले (१५ क्युनटल ) सुर्ती जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी गेर्मी बाट खटिएको संयुक्त प्रहरी टोली नियन्त्रणमा लिएको हो । उक्त सुर्ती प्रति किलो ४ सयको दरले ६ लाख बराबरको मुल्य रहेको छ । सुर्ती कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
Subscribe
Login
0 Comments


