१२ मंसिर २०८३, शुक्रबार

युक्रेनलाई हतियार आपूर्ति गर्ने पाकिस्तानको योजना

एसीपी संवाददाता

१४ पुष २०७९, बिहीबार २१:३४ मा प्रकाशित

एजेन्सी – पाकिस्तानले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना बनाइरहेको खुलेको छ ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार पाकिस्तानले युक्रेनसँग सीमा जोडिएको पूर्वी युरोपेली मुलुकमार्फत् हतियारको आपूर्ति गर्ने योजना बनाएको हो ।

पाकिस्तानले उक्त पूर्वी युरोपेली मुलुकमार्फत् युक्रेनलाई गोलीगठ्ठा, तोपखाना प्रणाली, रकेट लन्चर आपूर्ति गर्ने तयारीमा रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पाकिस्तानको कराँची बन्दरगाहबाट उक्त पूर्वी युरोपेली मुलुकतर्फ हातहतियारको निकासी गर्ने तयारी छ । पाकिस्तानले यसै वर्षको सुरुमा बेलायतका तर्फबाट युक्रेनलाई हतियार निकासी गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यो समाचार खबरहब अनलाइन बाट ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x