१२ असार २०८३, शुक्रबार

बाँकेका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२३ श्रावण २०७७, शुक्रबार १२:०८ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षण बाँकेका ४९ सहित ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय १२ नमुना परीक्षण गर्दा बाँकेका ४९, बर्दिया र रुकुममा १–१ जनागरी ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा अव कुल संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । त्यसमध्ये ३ सय ९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भेरी अस्पतालले शुक्रबार कोरोना संक्रमितको संख्या सार्वजनिक गरेपनि अन्य विवरण भने खुलाएको छैन् । यसअघि संक्रमितको ठेगाना, उमेर, कार्यरत संस्था र पदसमेत खुलाउँदै आएको थियो । संक्रमितको विवरण नखुलाउने यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ । संक्रमितको विवरण खुलाउँदा त्यसले संक्रमितसँगै उस्को परिवारलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै प्रजिअ कुरुम्वाङले विवरण नखुलाउने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x