१२ असार २०८३, शुक्रबार

चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल माथी प्रतिबन्ध

एसीपी संवाददाता

२३ श्रावण २०७७, शुक्रबार १४:२१ मा प्रकाशित

एजेन्सी, साउन २३ । सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानललाई हटाइदिएको छ ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यही बेला अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनिरहेको समयमा चिनियाँ लगानीका प्रविधियुक्त व्यवसायहरु निशानामा पर्न थालेका छन् ।

दुस्प्रचार गरेको आरोपमा गुगलले २५ सय वटा चिनियाँ भिडियो च्यानल हटाएको हो । यी च्यानललाई अप्रिलदेखि जुनसम्म हटाइएको हो ।

चीनसँग सम्बन्धित समन्वयात्मक प्रभावसम्बन्धी अनुसन्धानको यो एक हिस्सा रहेको पनि कम्पनीले जनाएको छ ।

यस्ता च्यानलहरुले गैर राजनीतिक विषयवस्तु प्रशारण गरे पनि यसले अप्रत्यक्ष रुपमा राजनीतिक विषयवस्तुसँग जोडिने र दुष्प्रचार गरेको आरोप लगाइएको छ ।

विस्तृत विवरण नदिइए पनि अप्रिलमा एउटा दुष्प्रचार अभियानको सामाजिक सञ्जालमा पहिचान र मूल्यांकन गर्ने काम ग्राफिका कम्पनीले गरेको थियो ।

अमेरिकामा हुन लागेको आम चुनावअघि प्रविधिबारे अमेरिका र चीनबीच भएको तनावकै रुपमा यस प्रकरणलाई हेरिएको छ ।

बुधबार मात्र, ह्वाइट हाउसले चिनियाँ स्वामित्वका डिजिटल नेटवर्क, एप्लिकेशनलहरु टिकटक, म्यासेन्जर, विच्याटले खतरा निम्त्याउने भन्दै हटाउने प्रयास थालिएको जानकारी दिएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश दिनुभएको हो ।

ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ’ उल्लेख छ।

विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो आदेश दिनुभएको हो ।

टिकटकलाई माइक्रोसफ्टलाई बेच्ने वा बन्द हुने दुई विकल्पसहित १५ सेप्टेम्बरसम्मको समय दिइएको छ ।

अमेरिकामा नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ । यही बेला अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनिरहेको समयमा चिनियाँ लगानीका प्रविधियुक्त व्यवसायहरु निशानामा पर्न थालेका छन् ।सभार-इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x