१२ असार २०८३, शुक्रबार

११ प्रदेशको मागसहित थरुहट/थारुवान मोर्चाको संघर्षका कार्यक्रम घोषणा

एसीपी संवाददाता

२४ श्रावण २०७७, शनिबार ०९:१३ मा प्रकाशित

राज्य पुनर्संरचनासहित ११ प्रदेशको मागसहित आन्दोलन गर्दै आएको थारुहट/थारुवान राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ। शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोधसभादेखि सशक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। घोषित आन्दोलनका कार्यक्रमहरुमा साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ मा मानव अधिकार तथा नागरिक अगुवाहरुसँग धनगढीमा बृहत् अन्तर्क्रिया गर्ने, भदौ ७ मा टीकापुर थारुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए। यस्तै, भदौ ८ मा टीकापुरमा भएको थारुहरुको घर पसल, व्यावसायिक केन्द्र, सञ्चारगृहमा भएको आगजनी, तोडफोड, लुटपाट एवं प्रशासनविरुद्ध कालो दिनको रुपमा देशव्यापी विरोध प्रर्दशन गर्ने, असोज ३ मा नेपालको संविधानको विभेदकारी धाराहरु काठमाडौंसहित देशव्यापी रुपमा जलाउने र माग पूरा नभए दशैं तिहारपछि सशक्त रुपमा आन्दोलन गर्ने मोर्चाले जनाएको छ। २०७२ भदौ ८ मा कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने मोर्चाको मुख्य माग छ। टीकापुर घटनामा दोषी ठहरिएका सासंद रेशम चौधरीलगायत अन्य १० जनालाई तीन महिनाभित्र स–सम्मान रिहाई गर्नुपर्ने मोर्चा माग राखेको छ। यस्तै, उनीहरुलाई रिहाई नगरिए वर्तमान सरकारका मन्त्रीहरु र उनी निकट सासंदहरुलाई थारुहट क्षेत्रमा प्रवेश निषेध र सामाजिक बहिष्कार गर्ने मोर्चाले जनाएको छ।श्रोत-थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x