प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण

बाँकेमा कोभिड–१९ कोरोना बिरुद्धको अभियानमा सक्रिय भुमिका निभएकी प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । उनको निर्वाचन क्षेत्र समेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनिकरण गर्नदेखि बिद्युतीकरण गर्न र बाटो कालोपत्रे गराउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन ।

कोरोना संक्रमणबाट जोगाउन सांसद नमुनाले बाँकेमा महत्वपूर्ण भूमिका खेलेकी थिइन । दैनिक जसो उनी शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी उनी आज आफै संक्रमित बन्न पुगेकी छन् ।
शनिवार साँझपख सामाजिक सन्जालमा आफु संक्रमणमा परेको स्ट्याटस लेख्दै साँसद नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट आफुपनि अछुतो नभएको उल्लेख गरेकी छन् । कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले ‘एक हप्ता यता मेरो कोलोज कनट्याक्ट रहेकालाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न’ अनुरोध समेत गरेकी छन् ।


