१२ असार २०८३, शुक्रबार

कोभिड १९) सावधान नेपालगंजको मुख्य बजार सिल छ

एसीपी संवाददाता

२५ श्रावण २०७७, आईतवार ०२:१४ मा प्रकाशित

धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि नेपालगन्जको मुख्य क्षेत्रहरु सिल गरिएको छ ।
शनिबारसम्म जारी गरिएको निषेधाज्ञा मंगलबार रातिसम्म बढाइएको छ । कोरोना संक्रमित बढ्दै गएकोले निषेधाज्ञाको समय बढाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रशासनले नेपालगन्जका प्रमुख ठाउँलाई सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्ति नै जारी गरी सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सिल गरिएको जनाउनुभयो । सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्र २४ साउन रातिदेखि लागू हुनेगरि सिल गरिएको प्रशासनले जनाएको छ । प्रशासनले गरेको निर्णयको अवज्ञा गर्ने वा कामकाजमा बाधा पु¥याउनलेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x