१२ असार २०८३, शुक्रबार

बाँकेमा थप १५ सहित २० जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

२६ श्रावण २०७७, सोमबार ०८:२४ मा प्रकाशित

जिल्लाका १५ जना सहित २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोमबार भेरी अस्पताल नेपालगन्जले दिएको जानकारी अनुसार भेरी अस्पताल नेपालगन्जका दुई जना चिकित्सक, वडा प्रहरी र सर्वसाधारण सहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।

रिपोर्ट अनुसार चार जना वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरीमा समेत कोरोना देखिएको हो ।

सोमबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा कुल २० जना रिपोर्ट पोजेटिभ आएको छ । जसमा मध्ये बाँकेका १५ जना हुन । चिकित्सक र प्रहरीसमेत १२ जना नेपालगन्जका, ३ जना डुडुवा गाउँपालिका बाँकेका रहेको छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x