१२ असार २०८३, शुक्रबार

मंगलवार २६ सहित ५९ जनामा संक्रमण पुष्टि

एसीपी संवाददाता

२७ श्रावण २०७७, मंगलवार ०७:३१ मा प्रकाशित

बाँकेमा भेरी अस्पतालले गरेको परिक्षणमा मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।

नेपालगन्जकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा नेपालगन्ज र आसपासका पालिकाका स्थानिय सहित २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

भेरी अस्पतालले मंगलबार दिउसाे १२ बजे सार्वजनिक गरेकाे विवरण अनुसार बाँकेका २६ जना सहित विभिन्न जिल्लाका ५९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँच जना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । ह्वातै कोरोना संक्रमित बढ्न थाले थप आइसोलेशनको ब्यवस्थापनको आवश्यकता महसुस भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x