क्षतिपूर्तिको माग गर्दै स्थानीहरु द्वारा वडा नम्बर ३ को कार्यालय घेराउ

नन्दलाल साहू -नेपालगन्ज, २८ श्रावण– बुधवार भएको भारी बर्षाका कारण वडा नम्बर ३ को केही स्थानीयहरुको घरमा पानी पसेको छ।

पानी पसे पछि घरमा रहेको विद्युतीय उपकरणहरु बिग्रेको तथा घरमा रहेका सा-साना बालबालिकाहरु डुब्ने डर रहेको स्थानीयले दुख पोख्दै भनेका छ्न।
हामी बाध्य भएकै कारण आज हामी वडा कार्यलय घेराउ गरेका छौ।यस अघि पनि पटकपटक जनप्रतिनिधिलाई सुचित गर्दा पनि बेवास्ता गरिएकोले हामी आज बाध्यतावस क्षतिपूर्तिको माग गर्दै कार्यालय घेराउ गरिएको नागरिक समाजका पुर्ण खड्काले बताएका छ्न ।

यसैगरी बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ ।भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ ।
भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।

वडाको लापरवाहीले टोल नै डुवान भएको स्थानियवासीले जनाएका छन् । समय मै नाली निर्माण नहुदा डुवानबाट समस्या झेल्न परेको उनीहरुको गुनासो रहेको छ ।

रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ । रातभर वर्षका कारण बाँकेका होचा स्थानमा डुवान हुन सक्ने सम्भावना देखिएको छ



