१६ आश्विन २०८३, शुक्रबार

भारतीय दुतावासले काठमाडौंमा मनायो सेना दिवस

एसीपी संवाददाता

६ माघ २०७९, शुक्रबार ०९:२७ मा प्रकाशित

राजविराज । भारतीय दूतावासले ७५ औं सेना दिवस मनाएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले माघ ४ गते सेना दिवस मनाएको हो ।

सेना दिवस कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । शर्मा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री जनरलसमेत हुन् । त्यस्तै समारोहमा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको रहेको स्मरण गरे ।
भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानसेनापति शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । सोही अवसरमा उनले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त भएका जनरल अनिल चौहानलाई बधाई दिए । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा समेत गरे ।No description available.

यस्तै प्रधान सेनापति शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गरेका छन । कार्यक्रममा प्रधान सेनापति शर्माले वीरता पुरस्कार गोर्खा सैनिकहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा सौर्य चक्र प्राप्त गर्ने पृथबहादुर मगर, सोरमन राई र गोकुल प्रधानका साथै कृति चक्र प्राप्त गर्ने भुपालसिंह छन्त्याल मगर र दिलबहादुर थापा हुनुहुन्छ । पूर्व गोर्खा सैनिक मगरले सन् २००० मा, राईले सन् १९७६ र प्रधानले सन् २००१ मा सौर्य चक्र प्राप्त गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x