२६ श्रावण २०८३, मंगलवार

चीनमा कोभिडको मारले व्यवसायीलाई मारामार

एसीपी संवाददाता

१६ माघ २०७९, सोमबार २२:१३ मा प्रकाशित

गाउँको अवस्था झनै कठिन, शवको व्यवस्थापनमा जटिल


चीनको उत्तरी सान्ची प्रान्तमा कोफिन बनाउने काम गर्नेहरू अति नै व्यस्त छन्। काठमा कोफिन बनाउँदै अन्त्येष्टिको तयारीमा उनीहरू धेरै नै व्यस्त देखिन्छन्। त्यसरी कोफिन निर्माणमा सक्रिय हुनेहरू पछिल्लो महिना आफूहरूलाई भ्याइ नभ्याई भएको बताउन थालेका छन्।

त्यहाँ कोफिन लिन पुगेका एक ग्रामीण व्यक्तिले त केही समय कुर्नु समेत परेको थियो। हरेक व्यवसाय फस्टाउनुलाई राम्रो मान्न सकिएला। तर, चीनमा फस्टाएको अन्त्येष्टि व्यवसायलाई कसरी राम्रो मान्न सकिएला र ? तर यो व्यवसाय अहिले नसोचिदो तरिकाले फस्टाउँदो छ।

चीन त्यही देश हो, जहाँबाट कोरोना महामारी उत्पत्ति भएको विश्वास छ। चीन त्यही देश हो, जुन देशले संसार कोरोना महामारीबाट मुक्त भइसकेको समयमा पनि जिरो कोभिड नीतिले नागरिकलाई बन्दी झैँ जीवन बाच्न बाध्य बनाएको थियो। यसका बाबजुद त्यहाँ अहिले कोरोनाले यसरी आक्रान्त पार्नुलाई राज्यलाई समेत असफल साबित गरेको छ।

त्यहाँका ठुला सहरहरूमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै मर्नेहरूको वास्तविक तथ्यांकका बारेमा एउटा बहस नै भएको छ। चीनका परिचित सरुवा रोग विशेषज्ञ उ जुन्युका अनुसार डिसेम्बर महिनामा चीनले सम्पूर्ण मापदण्डलाई खुला गरे यता ८० प्रतिशत भन्दा बढी अथवा एक अर्ब मानिस सङ्क्रमित भइसकेको अनुमान गरिएको छ।

अन्त्येष्टिका हरेक सामानको माग बढेसँगै मूल्य पनि बढेका छन्। यसका बाबजुद वाङ कुनै कसर बाँकी नराखी राम्रोसँग आफ्नो आफ्नो आफन्तको अन्तिम बिदाइ गर्न चाहन्छन्।

गत साता चीनले १३ हजार जनाको कोरोनाको कारण मृत्यु भएको जनाएको छ। डिसेम्बर महिना यता ६० हजार भन्दा बढीको ज्यान गएको चिनिया तथ्यांक छ। यो तथ्यांक अस्पतालमा मर्नेहरूको हो। धेरै ग्रामीण क्षेत्रमा कोरोना भएर नै मर्नेहरूको कुनै तथ्यांक नै छैन। त्यो सङ्ख्या अनुमान नै गर्न कठिन मानिएको छ।

चिहान घर वा अन्त्येष्टि लागि तयार पारिएको स्थानमा पुग्दा साँच्चै कहाली लाग्दो अवस्था छ। आफन्तको शव बोकेर त्यहाँ केही क्षणको अन्तरालमै मानिसहरू आउने गरेका छन्। त्यहाँ समाधिका लागि स्थान पाउन नै कठिन हनु थालेको छ।

कुनै गाउँमा अन्त्येष्टिका लागि ट्रकहरू पहिले नै तयार गरेर राखिएका छन्। सान्ची प्रान्तमा अन्त्येष्टिसँग सरोकार राख्ने हरेक व्यक्ति अहिले कामको भ्याइ नभ्याई नै रहेको बताउँछन्।

ट्रकमा शव ओसार्दै गरेका एक व्यक्तिले पहिले नै असक्त भएकाहरू कोरोना भाइरसको धमाधम मृत्युवरण गर्न थालेको बताउँछन्। अहिले चिनिया सरकारले यो दरलाग्दो परिदृश्यलाई थेग्न नै सकेको छैन।

त्यसै सहरमा वाङ पेइ नामका एक व्यक्ति आफ्नी जेठी सासूको अन्त्येष्टिको तयारीमा थिए। दुई सन्तानकी आमा ५० को हाराहारीमा मात्र थिइन्। तथापि धेरै अगाडी देखिको मधुमेहको कारण थला परेकी उनी अहिले यसलाई सम्हाल्न नै असमर्थ भएकी छिन्।

वाङले बताए अनुसार कोभिड सङ्क्रमण हुने बित्तिकै लगातार अन्य धेरै अङ्गले काम गर्न छाडेका थिए। यस पछिको त चिकित्सकको पनि केही उपाय नै लागेन।

धेरै सहरको अवस्था साँच्चै हेर्न नै नसकिने छ। अर्थशास्त्रले तय गरेका बजारका अन्य सिद्धान्त त्यहाँ पनि लागु भएका छन्। अन्त्येष्टिका हरेक सामानको माग बढेसँगै मूल्य पनि बढेका छन्। यसका बाबजुद वाङ कुनै कसर बाँकी नराखी राम्रोसँग आफ्नो आफ्नो आफन्तको अन्तिम बिदाइ गर्न चाहन्छन्।

हरेक वर्ष लुनार नयाँ वर्ष मनाउनका लागि चीनका युवाहरू आफ्नो घर जाने गरेका छन्। यो वर्ष अवस्था फेरिएको छ। उनीहरूको घर अहिले कोरोनाले थला परेको छ।

स्प्रिङमा चाडको समयमा कतै बाँकी रहको ग्रामीण भेगमा कोरोनाको महामारी अझ फैलने त होइन भन्ने चिन्ता समेत थपिन थालेको छ। सरकारले आफ्नो घरमा बुढापाका भएमा चाड मनाउन भन्दै नजानका लागि आग्रह गरी सकेको छ।

एउटा सानो गाउँको क्लिनिक सञ्चालन गरेर बसेका डा. डोङ वाङ मिङ त्यस गाउँमा ८० प्रतिशत भन्दा बढी कोरोनाबाट सङ्क्रमित भइसकेको बताउँछन्। त्यहाँ हरेक व्यक्ति जोखिममा छन्। तर,त्यहाँ पनि एउटा मात्र क्लिनिक छ।

उनका अनुसार यसरी मर्नेहरू मध्य धेरै जसो अन्य कुनै रोगले पहिले नै थला परि सकेका थिए। डा।डोङ त्यहाँ दिइने औषधीको मात्रा नै निश्चित गरेर तयार गरिएको बताउँछन्। उनी आफैले कोभिड भएका एक व्यक्तिलाई चार चक्की इब्रप्रोफिनको चक्की दिने गरेका छन्।

उनी पनि चीनमा कोरोनाको कारण उत्पन्न सबै भन्दा खराब दिन गई सकेको बताउँछन्। उनी कहाँ पछिल्लो दिन बिरामी आउन छाडेका छन्। चीनका खेतहरूमा नै धेरै शव गाडिएका छन्। शव गाडिएकै स्थानमा खेती गरिएको छ। त्यत्ति मात्र होइन शव माथि नै पशुपालन पनि गरिएको छ। विभिन्न स्थानमा ढिस्को देख्न सकिन्छ यी ढिस्को नै शव पुरिएका स्थान हुन्।

केही हजारको सङ्ख्यामा बसोबास गर्ने त्यस स्थानमा नियमित बसोबास गर्ने मध्येका ४० प्रतिशत भन्दा बढी कोभिडका कारण मरेको अनुमान गरिएको छ। प्रत्येक दिन कोही न कोही मर्ने घटना चीनमा गत महिना देखि नै सामान्य भएको उनी बताउँछन्।

यस भयावह अवस्थाका बाबजुद गाउँको कुने स्थानमा यस रोगको बारे फरक प्रतिक्रिया उत्पन्न हुन थालेका छन्। मृत्यु र जीवन स्वाभाविक भन्दै नयाँ वर्ष भव्यताका साथ मनाउनेको जमात त्यहाँ अझै छ।

एक वयोवृद्ध आफ्ना छोरा र बुहारीलाई घर आउनका लागि कोभिडले रोक्न नसक्ने बताउँछन्। अवस्था यस्तो देखिएको छ की, कुनै घरमा नयाँ मान्छे आएमा पक्कै कोरोना सङ्क्रमण बढेको छ भन्ने पक्का हुने गरेका छ।

परन्तु महामारीको दुई वर्षको समयमा पनि सबै प्रौढलाई भ्याक्सिनको बुस्टर डोज उपलब्ध गराउन असमर्थ हुनु तथा स्वास्थ्य संयन्त्रले थेग्न सक्ने अवस्था नआउनुले सरकारको क्षमता माथि नै प्रश्न उठेको छ।

कुनै व्यक्ति त आफूले बारम्बार यस सङ्क्रमणलाई पचाइ सकेका कारण डराउन आवश्यक नै नभएको तर्क पनि गर्ने गरेका छन्। कोभिडको डर लादो असर पार भएका कारण मृत्युसँग डराउनको साटो भव्यताका साथ जीवन बाच्न आवश्यक रहेको पनि केहीले बताउने गरेका छन्।

धेरै सहर र गाउँमा यो भयावह अवस्था देखिई सके पनि कोरोनाको कुनै पनि प्रतिबन्ध कायम नभएको भने होइन। चिनिया एयरपोर्ट एमीग्रेसनमा अझै पिसिआ रिपोर्ट अनिवार्य मानिएको छ।

संसार नै आश्चर्यमा परेको विषय भने चीनले भ्याक्सिन वितरणमा गरेको ढिला सुस्ती नै हो। यत्ति धेरै मानिस मर्नुको मुख्य कारण चीनले भ्याक्सिनको बुस्टर डोजमा गरेको हेलचेक्र्याइँ र ढिलासुस्ती भएको पनि जनाइन्छ।

अर्को समस्या अथवा यो भयावह अवस्थाको कारण चिनिया भ्याक्सिन कम प्रभावकारी हुनु पनि हो। संसारमा अमेरिकी कम्पनी मोर्डना र फाइजरको भ्याक्सिन बढी प्रभावकारी भए पनि चीनले आफ्नै देशमा बनेको भ्याक्सिनको प्रयोग गरेको छ। यी भ्याक्सिन पश्चिमा देशले बनाएको भ्याक्सिन भन्दा कम प्रभावकारी पाइएका छन्।

कोरोना महामारी सुरु भए देखि यता यसको सङ्क्रमणको पिक फरक देशमा फरक समयमा देखिएको छ। चीनको हकमा सायद पिकको समय गई नै सकेको छ।

परन्तु महामारीको दुई वर्षको समयमा पनि सबै प्रौढलाई भ्याक्सिनको बुस्टर डोज उपलब्ध गराउन असमर्थ हुनु तथा स्वास्थ्य संयन्त्रले थेग्न सक्ने अवस्था नआउनुले सरकारको क्षमता माथि नै प्रश्न उठेको छ।

(श्रोत : बीबीसी, न्युयोर्क टाइम्स)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x