१२ मंसिर २०८३, शुक्रबार

ताईवान् को विषयमा न बोल्न अमेरिकालाई चेतावनी

एसीपी संवाददाता

२२ माघ २०७९, आईतवार ०९:५१ मा प्रकाशित

एजेन्सी –  ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरुमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधिमा नलाग्न चीनले अमेरिकालाई आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन्।

‘ताइवान चीनको एक अविभाज्य भाग हो। ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन्। उनले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न भएकोले तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिइन्।

उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखिन्।यसैबीच केहिदिन पहिले अमेरीकाले = 

संयुक्त राज्य अमेरिकाले ताइबानलाई हारपुन र साइडबिन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब अमेरिकी डलरबराबरका सैन्य उपकरणहरू बिक्री गर्ने घोषणा गरेको छ।

डिफेन्स सेक्युरिटी को-अपरेसन एजेन्सीले वासिंटनले ताइबानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइबानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रवर्द्धन गर्न ताइबानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ।

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइबानको विवादास्पद भ्रमणलाई लिएर वासिंटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ।

हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–सिप होमिङ मिसाइलहरू हुन्। यसअघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडबाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन्, जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ।

टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वासिंटनमा चिनियाँ दूतावासले यस हप्ताको सुरुमा प्रस्तावित हतियार बिक्रीबारे प्रतिक्रिया दिँदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइबान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो।

ताइबानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ। सो ड्रोन चिनियाँ तटबाट सियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइबानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमान्डले आज दिउँसो १२ः३० बजेतिर सियु टापुको प्रतिबन्धित पानीको हवाई क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ।
गत मंगलबार पनि ताइबानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइबान नियन्त्रित टापुमा प्रतिबन्धित वायु क्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइबानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यसवरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको बताइएको छ। एएनआई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x