पञ्जाब प्रान्तमा चिनियाँ नागरिकलाई आफ्नो सुरक्षा आफै मिलाउन निर्दशन
एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तले उक्त प्रान्तमा बसोबास गर्ने निजी कम्पनीहरूसँग काम गर्ने चिनियाँ नागरिकलाई आफ्नो सुरक्षा आफैँ नियुक्त गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय पाकिस्नतानको विभिन्न स्थानमा भएका आतंककारी हमलालाई ध्यानमा राखेर यो कदम चालिएको बताइएको हो । उल्लेखनीय रूपमा, पञ्जाब प्रान्त सरकारले सरकारी प्रायोजित परियोजनाहरूमा संलग्न विदेशीहरूको सुरक्षाको लागि २०१४ मा एक विशेष सुरक्षा इकाई (एसपियु) स्थापना गर्यो ।
गिलगिट–बाल्टिस्तानको प्राकृतिक स्रोतमाथि चिनियाँ शोषण
चीन) का कर्मचारीहरुलाई फिजी प्रहरी संग काम नगर्ने
एजेन्सी । फिजीको सरकारले ड्रगैन (चीन) का कर्मचारीहरुलाई फिजी प्रहरी संग काम नगर्ने जनाएको छ ।
बढ्दो चिनियाँ षड्यन्त्रको भुमरीबाट जोगिन फिजी प्रहरीले चिनियाँ अधिकारीहरु संग सहकार्य एवं काम गर्न आवश्यक नरहेको फिजी टाइम्सले फिजीका प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै जनाएको हो ।
फिजी र चीन बीच सन् २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्री रबुकाले भने, “हामीलाई सो सहकार्य जारी राख्नु कुनै आवश्यक छैन । काम गर्ने हामीहरुकोे प्रणाली फरक छ” ।
फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिक रुपमा अभिव्यक्ति दिइएको बताइएको छ । सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालिम लिने लगायतका विषयहरू सम्झौता पत्रमा सामावेश गरेका थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र त्यस किसमका गतिविधि निकै उचाईमा पुगेको थियो ।
चीन र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि फिजीले भन्यो कि, अष्ट्रेलिया र न्युजिल्याण्डसँग यस किसिमका सहकार्य जारी रहने जनाएको छ ।


