१२ मंसिर २०८३, शुक्रबार

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

एसीपी संवाददाता

२४ माघ २०७९, मंगलवार १०:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन्। पावरको भ्रमणका विषयमा युएसएडले गत बुधवार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउन लाग्नु भएको हो ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लाग्नु भएको हो ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो ।

पावरको भ्रमणका विषयमा युएसएडले गत बुधवार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उहाँ ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ ।

पावरको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x