१२ मंसिर २०८३, शुक्रबार

रुसले युक्रेनमा थप ठुलो हमला गर्ने संकेत

एसीपी संवाददाता

३ फाल्गुन २०७९, बुधबार १०:३९ मा प्रकाशित

एजेन्सी । रुसले युक्रेनमाथि ठूलो हवाई हमलाको तयारी गरेको नाटोले दावी गरेको छ ।

युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्नै लाग्दा रुसले कस्तो खाले प्रतिक्रिया गर्ला भन्ने कौतुहलकाबीच नाटोले हवाई हमलाको आशंका गरेको हो । युक्रेनी सीमा क्षेत्र नजिक रुसले ठूलो संख्यामा लडाकु विमान र हेलिकाेप्टरहरु तैनाथ गरेको दावी गर्दै नाटोको जासुसी संयन्त्रले आक्रमणको आशंका गरेको हो ।

अमेरिकी रक्षामन्त्री ललोइड अस्टिनले ब्रसेल्सस्थित नाटो मुुख्यालयमा बोल्दै युक्रेनको हवाई सुरक्षा बलियो नभएकाले रुसले त्यसलाई झन क्षत-विक्षत पार्न चाहेको बताउनुभयो । रुसँग प्रयाप्त मात्रामा विमानहरु रहेको भन्दै अस्टिनले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नाटोको जासुसी संयन्त्रका अनुसार रुसले सीमा क्षेत्रलाई आधार बनाएर युक्रेनमाथि हवाई हमलाको तयारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x