१२ असार २०८३, शुक्रबार
सोमबार थप १३ जनामा कोरोना संक्रमण

बाँकेमा ६ र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सोमबार थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५० नमुना परिक्षण गर्दा १३ जना नँया संक्रमित थपिएको अस्पतालले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएकाहरु बाँकेका ६ जना र बर्दियाका ७ जना रहेका छन् ।
बर्दियामा थपिएका संक्रमितहरु अधिकांश मधुवन नगरपालिकाका हुन् । बाँकेमा ३ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै अब बाँकेमा संक्रमित संख्या १२५७ पुगेको छ ।

त्यस्तै आज ८ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८३१ पुगेको छ । कोरोना संक्रमणबाट बाँकेमा ७ जनाको मृत्यु भएको छ ।


Subscribe
Login
0 Comments



