नेपालमा फैलिएको ; चीनको पासो
केआरबी शर्मा – काठमाडौं = हाउ यान्छिको उत्तराधिकारीको रूपमा नेपालमा तैनाथ चिनियाँ राजदुत छेदु सोङको हालचाक्रै भएको नेपालको परराष्ट्र मन्त्री बिमला राई पौडयाल सङको शिष्टचार भेट्घाट कै कैयन विषयहरुको उजागर गरेको छ । चीन नेपालमा ” एक चीन नीति ” ( one china polity ) को प्रत्याभूतिलाई उच्च महत्त्वका साथ अघि बढाउदै नेपाललाई आर्थिक भार बोकाउनमा उद्दृत भएको तथ्य त सार्वजनिक नै छ । यश भेट्मा पनि छेदु सोङले नेपाली बिदेश मन्त्री समछ क्रियाकलाप भएका नेपाल – चीन सम्झौताहरुको कार्यान्वयनप्रती जोड दिनुले चीन आफ्न मुद्दा प्रती नेपालमा अति सक्रिय रुपले कृयाशिल छ ।

भन्ने बिसयलाई उजागर गरेको छ । पोखरा बिमानस्थलाई कोसे ढुङ्गाको रूपमा ब्याख्या गर्दै नेपालको मौलिक जडिबुटीमाथी आफ्नो अधिपतत्य जमाउनका लागि चीनले नेपाललाई आयुर्वेद बिसयमा सहयोग गर्ने छ्दमि आश्वासन दिएको छ । त्यसै गरि रसुवा , केरुङ , नाकालाई नियमित गर्ने कैयन सम्झौताहरुका बापत नेपाली ब्यापारीलाई कष्ट र प्रताडना दिमे अनेक घटनाहरु दिन गतिदिन संचार माध्यम देख्न सुन्न पाईन्छ । कहि – कतै मिल्दै नमिल्ने संस्कार र संस्कृतिको संदेश दिदै चीनले नेपाली जनताको सोझो मानशिकता सङ बारम्बार खेलवाड गर्ने गर्द छ ।
पश्चिमी राष्ट्रको नेपालमा प्रभाव बढदै , क्रिश्चियन हावी बन्ने खतरा
यदि चीन र नेपाल माझ भएका पुर्ब सम्झौताहरु कार्यान्वयन हुनु हो भने , ती कुनै कोणबाट पनि नेपालका हितमा छैनन्् । यी मुद्दाहरू पुर्ण रूपले नेपालको नीति प्रतिउत्पादक ठहर्ने छ्न । चिनका जति पनि प्रस्तावहरु छ्न , त्य्सले नेपालको अर्थतन्त्रलाई अपुरनिय छतिका साथ हानी पुर्याउने निश्चित छ । नेपाल चीनको ऋण जालो / पासो ( dibit trap ) मा अल्झिन निश्चित छ । चीनले अल प्रयन्त आफ्नो लाभको विरुद्ध केवल सहयोगको निम्ति मात्र कार्य गरेको उदाहरणीय दृसटान्त प्राय शुन्य छ्न । , चीनको बिआरआई ( BRI ) स्वयंमा एक विराट पासो हो । यस अनतरगत चिनकै एकातिर दक्षिण एसीयाको बजारमा आफ्नो अधिपत्य जमाउन चाहेको छ भने यसको निम्ति नेपाललाई प्रयोग गर्ने रणनीति राखेको बुझिन्छ । यस परियोजना अन्तरगत नेपालले श्रीलंका र पाकिस्तान नियति भोग्नु पर्ने लगभग निश्चित छ । नेपालले यतिखेर अमेरिका र युरोपियन रास्ट्रहरुबाट ठुला – ठुला अनुदानहरु ग्रहण गरिरहेको छ । चीन यसलाई आफू विरुद्ध हुन गएको क्रियाकलाप मान्दछ । एमसीसी ( MCC ) र अन्य प्रकारका USAID हरु नेपालमा प्रयोजनमा आउनु चीनको निम्ति एउटा् चिन्ता र भयको बिजय हुदैछ । तसर्थ नेपाललाई अन्य रास्ट्रहरुसङ सम्पर्क गर्न नदिनका निम्ति पनि ऋणको पासोमा फसाई नेपालमा आफ्नो अधिपत्य जमाउन चाहन्छ । यस अतिरिक्त नेपालमा बन्यजन्तु देखि लियर जडिबुटी तस्करी सम्म चीनका नागरिकहरु सरकारको प्रायोजनमा सक्रिय रुपले कृयाशिल छन् । अवैध मदिरा बिक्री वितरण गर्नु , अनाधिकृत आर्थिक लेनदेनका माध्यमहरु ( WE chat , we pay ) आदिको प्रयोग गर्नु ठमेल वरपर छेत्रमा गैरकानुनी क्रियाकलापहरु गर्नुमा पनि चीन सक्रिय रुपले संचालित छ ।



