१२ असार २०८३, शुक्रबार

जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने प्रयास

एसीपी संवाददाता

२२ भाद्र २०७७, सोमबार १६:१३ मा प्रकाशित

फाइल तस्बिर

मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई रिहाईको गर्नुपर्ने माग गर्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

सोमबार उनीहरुले ललितपुरको जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने प्रयास गरेपछि प्रहरीले हटाएको थियो ।

प्रशासन कार्यालय पुगेर धर्नामा बस्न थालेपछि प्रहरीले हटाएको हो । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मानभवनभित्र रहेको प्रशासन कार्यालय व्यापक प्रहरी परिचालन गरिएको थियो । यसअघि बिहीवार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो। ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित केहिलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केहिलाई रिहा गरिएको छ भने केहिलाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x