१२ असार २०८३, शुक्रबार

कोरोना संक्रमितको मृत्यु

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार ०६:२२ मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमितको मंगलवार मृत्युभएको छ । अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ बर्षिय पुरुषको विहान सवा ९ बजे मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

साउन २७ गते ट्रिपर दुर्घटनामा परी घाइते भएका थिए । युनिर्भसल मेडिकल कलेज भैरहवामा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भदौ ४ गते नमुना लिइएको थियो र भोलीपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई भीम अस्पताल भैरहवा पुर्याइएको थियो ।

त्यहाँ पाँच दिनसम्म पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । उनी भदौ ११ गते अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको आज विहान मृत्युभएको हो ।

योसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बाहिर जिल्लाका तीनजनाको मृत्युभएको छ । यसअघि अछाम र कैलालीका एक–एकजनाको मृत्यु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x