१२ असार २०८३, शुक्रबार

मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील

एसीपी संवाददाता

२३ भाद्र २०७७, मंगलवार ०६:३७ मा प्रकाशित

नेपालगञ्ज, भदौ २२ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ ।

उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय आईतबारदेखि सुचारु हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x