१२ मंसिर २०८३, शुक्रबार

भारतमा उत्पादित ‘तेजस’ लडाकु विमान खरिदमा अर्जेन्टिना र इजिप्टकाे चासो

एसीपी संवाददाता

१५ फाल्गुन २०७९, सोमबार ०९:१० मा प्रकाशित

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् ।

अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ ।उनका अनुसार इजिप्टले २० तथा अर्जेन्टिनाले १५ वटा लडाकु विमान खरिद गर्ने चाहना व्यक्त गरेका छन् । यसबाहेक अमेरिका, अष्ट्रेलिया, इण्डोनेशिया, मलेशिया र फिलिपिन्सले पनि तेजस लडाकु विमान खरिद गर्न चासो देखाएको जनाइएको छ ।

सिंगल इन्जिन मल्टिरोल लडाकु विमानले उच्च जोखिम रहेको आकाशमा समेत उडान भर्न सक्ने भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x