११ मंसिर २०८३, बिहीबार
दुई दिनमा ११३ जनाले कोरोना जिते

बाँकेमा बिहीबार थप ३६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ५१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

बुधबार पनि डाक्टर, आर्मीसहित बुधवार ७७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएर घर फर्केका थिए ।
डिस्चार्ज हुनेमा भेरी अस्पताल नेपालगन्जका एकजना डाक्टर र कोहलपुरस्थित कौशिल्या नगर व्यारेकका ५१ जना नेपाली सेना छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज कोरोना संक्रमित निको हुने गरेका छन् ।
Subscribe
Login
0 Comments


