भारतले नयाँदिल्लीमा गरायो अमेरिका र रुसका विदेशमन्त्रीको वार्ता, युक्रेनसँगको युद्ध रोक्न पहल
एजेन्सी । भारतको अगुवाईमा नयाँ दिल्लीमा अमेरिका र रुसमा विदेशमन्त्रीबीच वार्ता भएको छ ।
युक्रेन युद्धले अमेरिका र रुसबीच सम्बन्ध तनावपूर्ण रहेका बेला भारतको मध्यस्थतामा नयाँदिल्लीमा वार्ता भएको हो ।
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले रुसलाई युक्रेनमा युद्ध रोक्न अपिल गरेका छन् । रूसी विदेशमन्त्री सर्गेई लावरोवले पनि वार्ता सकारात्मक भएको बताएका छन् ।
भेटपछि अमेरिकी विदेशमन्त्री ब्लिन्कनले युद्ध अन्त्य गर्नेबारे सकारात्मक कुराकानी भएको बताएको बीबीसीले जनाएको छ । उनले परमाणु हतियार सम्झौताबाट बाहिरिने रुसको निर्णय पनि सच्याउनुपर्ने बारेमा चर्चामा भएको बताए । उता चीनले पनि युद्धविराम गर्न रुसलाई अपिल गरेको छ । चीनको अपिल युक्रेनले स्वागत गरेको छ ।
रुस र युक्रेनको तनावपूर्ण एक वर्षको समयलाई भारतले मध्यस्थता गरेर सौहार्दपूर्ण रुपमा सामान्यिकरण गर्न नयाँदिल्लीमा भूमिका खेलिरहेको छ ।


