१ श्रावण २०८३, शुक्रबार

युवाहरु कृषि, पर्यटन र उद्यमशिलतामा लाग्नु पर्नेमा जोड

एसीपी संवाददाता

२७ भाद्र २०७७, शनिबार ०५:३५ मा प्रकाशित

प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु

बुटवल /  नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल,नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजनामा प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु भएको छ ।  
सो सम्मेलनको प्रमुख अतिथि प्रदेश नं. ५ सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री माननीय बैजनाथ चौधरीले प्रदेश नं.५ युवाहरुलाई कृषि, पर्यटन र उद्यमशिलतामा लाग्न अनुरोध गर्नुभयो । साथै उहाँले आफनो राष्ट्रमा नै बसी श्रम गर्नु पर्ने र युवाहरुलाई सुलभ कर्जामा सहज पहुच हुनु पर्ने वातावरण मिलाउनु पर्नेमा जोड दिनुभयो ।

त्यसै गरि बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिका, रुपन्देही नगर प्रमुख बासुदेव घिमिरे र बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले युवाहरु समाज परिवर्तनमा लाग्नुपर्ने  सल्लाह सुझाव दिनुभएको थियो ।
युवा सम्मेलनका लागि प्रदेश नं.५ बाह्र वटै जिल्लाहरुबाट २५० बढी युवाहरुको सहभागिता जनाएका छन । सो प्रदेश युवा सम्मेलन यही भाद्र २६ र २७ गते सम्म २ दिन सम्म सन्चालन हुनेछ ।
सो सम्मेलनमा आज पहिलो दिन निर्वाचनमा युवाको भुमिकाको बारेमा निर्वाचन आयोग नेपालका उपसचिव कोमलप्रसाद धमलाले प्रशिक्षण दिनुुभएको थियो । भने आफनो उद्यमशिलताको सफलताका कथाहरुमा महिला उद्यमी घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य एवं जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष, बुद्धिमाया सुनार, अर्का उद्यमी लुम्बिनी अर्गानिक फर्म एण्ड रिर्सच सेन्टरका आश गुरुङले आआफना सपलताका कथाहरु सुनाएका थिए । सम्मेलनको दोस्रो दिन अर्थात शनिवार जलवायु परिवर्तन, सुशासन र मनोसामाजिक परार्मश विषयमा प्रशिक्षण हुने नेपाल युवा परिषद,प्रदेश नं.५ का संयोजक सोम गुरुङले जानकारी दिए ।  

सो सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुको  सहभागीता रहेको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस साथै युवा शक्तिलाई स्वदेशमै उद्यमी बन्न सहज वातारा निर्माण बनाउन भन्ने मुख्य उद्धेश्यका साथ सम्मेलनको आयोजना गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनु भयो । सो कार्यक्रमा स्वागत मन्तब्य नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुुम्रले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल युवा परिषद, कपिलवस्तुुका अध्यक्ष सुनिता बेल्बासले गरेकी थिइन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x