मालपोतका ८ कर्मचारी सहित बाँकेमा ४० संक्रमित , १५ निको

नेपालगन्ज २७, भदौ । मालपोत कार्यालय बाँकेका ८ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिवार बाँकेमा ४० जना कोरोना भाइरसका संक्रमित थपिनेक्रममा मालपोत कार्यालयका लेखा अधिकृतसहित ८ जना कर्मचारीमा भाइरस संक्रमण देखिएको हो ।
बाँकेमा कोरोना निको हुने संख्या ९ सय ८५
भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जना र बागेश्वरी ल्याव कोहलपुरमा गरिएको परीक्षणमा पाँचजना गरी बाँकेमा शनिवार ४० जना थपिएका हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १४ सय नाघेको छ । अव जिल्लामा संक्रमितको संखया १ हजार ४ सय४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा २ सय नमुना परीक्षण गर्दा ३७ पोजेटिभ केस देखिएको थियो । त्यसमा अरु दुई जना भने ठाकुरबाबा नगरपालिका बर्दियाका हुन् । यस्तै शनिबार थप १५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । मेडिकल कलेज चिसापानी आइसोलेसनबाट ७ जना, भेरी अस्पतालबाट २ जना, होटल इन्द्रेणीबाट २ जना, होटल सिटी प्यालेस आइसोलेसनबाट २ तथा लायन्स डेण्टल र सुशील कोइराला क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट १र१ जना डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय ८५ पुगेको स्वास्थ्य कार्यालयका श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा बाँकेमा ३ सय ८६ र अन्य जिल्लाका ५ जना गरी ३ सय ९१ जना छन् । बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।






[…] […]