१ श्रावण २०८३, शुक्रबार

सरकारले उद्योगी व्यवसायीहरुका जायज मागहरु पुरा गरेन् भन्दै ज्ञापन-पत्र

एसीपी संवाददाता

२८ भाद्र २०७७, आईतवार १७:०७ मा प्रकाशित

लकडाउन तथा निषेधाज्ञा अवधीभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, सो अवधीको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने, मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधी थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनका लागि पहल गरिदिन मााग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लामो समय बन्द्याबन्दी भए पनि निजी क्षेत्रका लागि सरकारले ठोस राहतका योजनाहरु नल्याएको र उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै महासंघले आइतबार देउवा निवास बुढानिलकण्ठ पुगि ज्ञापन पत्र बुझाएको हो ।

व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंकको साँवा तथा ब्याज, घरभाडा, श्रमिकको पारिश्रमिक लगायत भुक्तानी गर्न समेत नसकिएको अवस्था रहेकाले आफ्नो माग बारे जानकारी कांग्रेस सभापति देउवालाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो ।
लकडाउन तथा निषेधाज्ञा अवधीभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, सो अवधीको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादर वैज्ञानिक हुनुपर्ने, मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधी थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने लगाएतका आफुहरुको माग रहेको अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।


उनीहरुले उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने समेत माग अघि सारेका छन् । ज्ञापन पत्र बुझ्दै देउवाले उद्योगी व्यवसायीहरुका जायज मागहरु सरकारले पुरा गर्नै पर्ने बताउदै यसका लागि आफूले पनि प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन दिनुभएको महासंघका अध्यक्ष कटुवालले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x